Thursday, October 23, 2014

"तिमी र म"






कुहिएर बस्दैछु
सुकेका थुक बोकी बोकी
अनकन्टार यो ठाउँ छ
हाँस्न म खोज्दै छु

चिरिएका ढोत्र| थोत्र|
सन्नाटा भित्र यो
रक्षानका किराहरु
आवाज म खोज्दैछु

जता ततै लासै लास
कोलाहल आवाज यो
देवतारुपी चट्टान रे
घुम्दछन गिद्दहरु

रमितेहरुको रमिता लौ
दुक्ख पिडा घाऊ पिप 
परिवर्तनको चाहनामा
आसुँ रगत जोख्दैछु

सपना, देख्नेहारुक। निम्ती
सत्ता लत्ता भात्ता कुर्सी
चिल्ला गाडी चटक्क टाइ
भौतिकवदी म देख्दैछु