Friday, August 13, 2021

शुटिंग भन्दा अगी कुनै ठोस योजना भयो भने छायाँकारलाइ सजिलो हुन्छ 

काम कत्ति सजिलो हुन्थ्यो होला यदि सिधै सेट मा गएर क्यामेरा निकालेर शुट गर्न सकेको भए | संसार मा तेस्ता केहि निर्देसक छायाँकारहरु पनि छन् जो सेट मा गएर सुधार गर्छन र सधै परिवर्तन लागि केहि ठाउँ बाँकी छोड्छन | दुर्भाग्यवश, धेरै जना हामी संग, भन्छन नि तेस्तो आत्मा मिल्ने साथी या सहयोगी सहयात्री छैनन् जो संग कौसल र ज्ञान पनि छ |

पुर्व तयारी तेसैले पनि छायाँकार को लागि महत्वपुर्ण कदम हो |  यसकै आधारमा पुरै सिनेमाको संरचना टिकेको हुन्छ | कुनै पनि कथा कसरि भन्ने र प्राबिधिक रुपमा कसरि लैजाने भन्ने कुरा को पनि धेरै हद सम्म फ्रेम तयार हुन्छ जसको कारण अरु बिभागहरु ले पनि तयारी गर्न सक्छन | तेसका लागि छायाँकारले आफ्नो विचारहरु कापीमा अथवा कुनै डिजिटल माध्यममा लेखन सक्छन | फोटो, चित्र, हरु को एउटा पुस्तकालय तयार गर्न सक्छन |

सिनेमामा छायाँकारको काम भनेको धेरै जसो, निर्देसक्को दृस्टी थाहा पाउनु हो र तेस्लाई सके सम्म जस्ताको तेस्तै निकाल्न वा त्यो भन्दा उत्तम उपाय सुझाएर प्राबिधिक रुप मा साकार बनानु हो | र तेसका लागि छायाँकार ले यसरि तयारी गर्न सक्छन, व्यवस्थित विचार, मनोदसा मण्डल (moodboard), सटको सुची, र प्राविधक तयारी गरेर |