शुटिंग भन्दा अगी कुनै ठोस योजना भयो भने छायाँकारलाइ सजिलो हुन्छ
काम कत्ति सजिलो हुन्थ्यो होला यदि सिधै सेट मा गएर क्यामेरा निकालेर शुट गर्न सकेको भए | संसार मा तेस्ता केहि निर्देसक छायाँकारहरु पनि छन् जो सेट मा गएर सुधार गर्छन र सधै परिवर्तन लागि केहि ठाउँ बाँकी छोड्छन | दुर्भाग्यवश, धेरै जना हामी संग, भन्छन नि तेस्तो आत्मा मिल्ने साथी या सहयोगी सहयात्री छैनन् जो संग कौसल र ज्ञान पनि छ |
पुर्व तयारी तेसैले पनि छायाँकार को लागि महत्वपुर्ण कदम हो | यसकै आधारमा पुरै सिनेमाको संरचना टिकेको हुन्छ | कुनै पनि कथा कसरि भन्ने र प्राबिधिक रुपमा कसरि लैजाने भन्ने कुरा को पनि धेरै हद सम्म फ्रेम तयार हुन्छ जसको कारण अरु बिभागहरु ले पनि तयारी गर्न सक्छन | तेसका लागि छायाँकारले आफ्नो विचारहरु कापीमा अथवा कुनै डिजिटल माध्यममा लेखन सक्छन | फोटो, चित्र, हरु को एउटा पुस्तकालय तयार गर्न सक्छन |
सिनेमामा छायाँकारको काम भनेको धेरै जसो, निर्देसक्को दृस्टी थाहा पाउनु हो र तेस्लाई सके सम्म जस्ताको तेस्तै निकाल्न वा त्यो भन्दा उत्तम उपाय सुझाएर प्राबिधिक रुप मा साकार बनानु हो | र तेसका लागि छायाँकार ले यसरि तयारी गर्न सक्छन, व्यवस्थित विचार, मनोदसा मण्डल (moodboard), सटको सुची, र प्राविधक तयारी गरेर |
FILM MAKING
art or technology
Friday, August 13, 2021
Thursday, October 23, 2014
"तिमी र म"
कुहिएर बस्दैछु
सुकेका थुक बोकी बोकी
अनकन्टार यो ठाउँ छ
हाँस्न म खोज्दै छु
चिरिएका ढोत्र| थोत्र|
सन्नाटा भित्र यो
रक्षानका किराहरु
आवाज म खोज्दैछु
जता ततै लासै लास
कोलाहल आवाज यो
देवतारुपी चट्टान रे
घुम्दछन गिद्दहरु
रमितेहरुको रमिता लौ
दुक्ख पिडा घाऊ पिप
परिवर्तनको चाहनामा
आसुँ रगत जोख्दैछु
सपना, देख्नेहारुक। निम्ती
सत्ता लत्ता भात्ता कुर्सी
चिल्ला गाडी चटक्क टाइ
भौतिकवदी म देख्दैछु
Monday, August 20, 2012
मैले "देखेको जीवन"
म एउटा यूद्धभुमिमा धली-लडिरहेको घाइते सिपाहि। एकापट्टी मेरै अघि मेरा साथिहरु काट्टीरहेका छन् त अर्का पट्टि दुस्मन। म दुबिधामा छु कि उत्सब मानौं या सोक, खुसीले हर्सिएर गद्गदिउ या त्रासले आखा चिम्लिउँ । कमान्डरहरु अह्र्यायी रहेकाछन ।बहादुर भनिने सिपाहीहरु जोसले अघि बढ्दै दुस्मनका टाउका छेद गर्दैछन।म भने हेरिरहेछु। दाहिने हातका नाउँमा अलिकति पाखुरा बचेको छ। लुगामा तरवारका निसानी छन् जसले गर्दा वनमा भालुले लछारेर धुलोमा लड़बाडिएको जस्तो धुलाम्य भएको छु र लुगा चात्तिएका छन् ।बाहिने जुत्ता संग खुट्टाको केहि भाग म बाट छुट्टिएर सायद एक मिटर पर छरिएको छ। उठ्न नसकेर लडिरहेको यो ज्यानलाई म अघिपछिका सिपाहीहरुको बलिया तिघ्राहरुले लाछारिरहेकाछन्, कुल्चिरहेकाछन्। अघि सम्म त साह्रो मर्ला जस्तो भएको थियो, सहन नसकेर सायद एकछिन त बेहोस्नै भएँ ।अबत जति कुल्चिउन दुखन पनि बिर्सिएछ क्यार! ज्यानले। मुख भरि रातो रगत लत्पतिएको छ, सबै उस्तै छन् कसको हो चिन्न सक्दिन मेरो या अरु कसैको!!!म हेर्न बाहेक अरु केहि गर्न सक्दिन, बाध्य छु , त्येसैले हेरिरहेछु मेरा दाजु भाई इस्टमित्र अनि अर्कैका यी येस्तई साइनोका बालिका बोकाहरुर्लाई।
आजसम्म यो अनुभब गरेको थ्यीन। प्रायः सबै युद्ध हाम्रै पछ्यमा हुन्थ्यो र जिते पछि खसीका फिल्ला दाँतले मछारेर बियरले कुल्ला गरिन्थ्यो । दोर्ह्याएर कहिलै एउतै स्त्रीसंग सुत्नुपरेन । खिल्तिमा चाहिदो पैसा हुन्थ्यो, जे जति पनि मन पर्थ्यो त्यो क्याम्पमा आइपुग्थ्यो। घरमा पनि सबैलाई सन्चै र खुसि थए। जिन्दगीको मजा सिपाईमा भन्दा अरु कहाँ भनि हामी ठुलाठुला स्वरमा क्याम्प्नै हल्लैदिन्थ्यौ। आफुहरुलाई मन पर्ने अस्लिल गीतहरु गाएर रात बिराएका पनि हामी।आज ,आज -अहिले कहाँ छौँ ति हामी तत्व, त्यो समय ,त्यो बेला अनि ति चिचाहिरहेका स्वर ! म खोज्दै छु,खोजिरहेकोछु जेबका ति खुसीहरू, मायालु संग बिताएका पल-मायाहरु, आमा बुबाका आसिर्बादहरु , अनि ...अनि वाल्यकालका चक्चकाइहरु।
सबै कुरा एक एक गर्दै पहिलो नसक्दै अर्को सम्झनाहरु झल्किरहेका छन्। बाहिरी आवाज कत्तैबाट पनि भित्र छिर्न र दिमागमा पुग्न पाएको छैन। एस्तो लाग्छ बाहिरको आवाज र भित्रि आवाजको पनि लडाईं परिरहेको छ र भित्रि आवाजले जितलाई आफ्नो पछ्यमा राखिरहेको छ । आखा अघिका दृष्य धुम्म छन् भित्रमनकै दृष्य ततस्त देखिरहेका छन्। कस्तो अच्चाम्म , आज सम्म एस्तो अनुभब गरेको थ्यिन। हात चलाउ चल्दैन, खुट्टा चलाउँ सक्दिन, कवल एउटा छ ,त्योहो सोच नसोचौं मान्दैन । मलाई लग्यो येही हो हामी सिपाहीका जन्दगी आफ्नो या दुस्मनको ।अघि रांघा ढले झैँ ढलेका मेरा दुस्मनको सम्झना आयो, अनि सोचें उनीहरुले त सोच्न पनि पाएनन् कि मृत्यु र जीवन बिचको यो यौटा सानो जुनी । भग्घ्यमानी ह्हुन या अभागी त्यो भगवानलाई छोदिदियें।
येत्तिकैमा चर्को स्वरले आवाज आयो, कसको चिनिन ,"जित्यौं... जित्यौं हामीले जित्यौं दुस्मन्हरुलाई काटेर जित्यौं ,मारेर जित्यौं " म झस्किएँ र आँखा खोलें , युद्ध साम्य भैसकेछ, बाँचेका योद्धा आआफ्नो साथी भाई खोज्दैछन् । रगतको खोला बगिरहेको छ । अघिभन्दा एक चौथाई उठेका छन् ।फेरी आवाज आयो ,"छ सयले बिरगति पाए दुइ सय त्येइस भने घाइते छन् " म कुन गनाईमा परे थाहा छैन। वरिपरी गिद्ध घुमिरहेकाछन् ।आकासमा केहि ठाउँ खाली छन् अरु सबै बादलले ढाकेको छ। मेरा आखा अगाडी सिधा पर पानि पर्दैछ। त्यो पानि एतै तिर हान्निदै आयिरहेको छ। एस्तो लग्यो कि त्यो पानीले हाम्रो रगत र पाप एकपटकमानै पखाली दिन्छ र एकछिनमानै यहाँ फेरी नया ठाउँ ,त्यहि पुरानो चराचुरुंगीको आवाज, त्यो मधुरो बसुरिको मलिन धुन आहाहाहा .......कति रमाइलो हुनेछ ... तर सायद म हुनेछैन । मैले देखेको दृश्य बेजोडले हल्लिदै थ्यो ,के भएछ भनि आखा खोलेको त एउटा पागल बिपछि योद्धा मलाई लात हान्दै रहेछ ।खुकुरीले कात्दैरहेछ,मैले बदलामा एक मुस्कान छोडिदिएँ । मर्न नसकेर घिट- घिट भैरहेको बेला कमसेकम कसैलेत बुझ्यो। म मनमनै उसलाई धन्यवाद दिदैथिएं ,एक्कै छिनमा मलाई त घाटीमा पो हान्यो ।दुई तिन हानाइ सम्म थाहा नपाएको होइन तेस्पछि भनें कालो बादलले छेक्यो र म उद्नथालें ।
Sunday, August 5, 2012
One ghamandi k t
सिमा र हद भन्ने एउटा चिज हुन्छ। तेसलाई कसैलेपनि नाग्न सक्दैन। चाहे उ जति घमण्डी किनानहोस। संसारमा सबै कुराको सिमा हुन्छ। कुनैको ताधासम्मा हुन्छ त भने कुनै को नजिक अथवा चाडै देखिन्छ। म आज तेस्तो मान्छ को कुरा गर्दै छु जो सोचह उसलाई सबै कुरा थाहा छ। एक दिन मेरो भेट उ संघ भयो। म उ संघ कुरा गर्न लागे। हाम्रो कुरो थ्यो हामीले पिएको च्या गुलियो कि फिक्का। उ भन्दै थ्यो कि त्यो chyaच्या ....
(suruwat matra ho).
Subscribe to:
Posts (Atom)
